स्कटल्याडसँग नेपाल ४ विकेटले पराजित

बिहिबार, फाल्गुन २४, २०७४



काठमाडौं । जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ।

क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्डले ४१ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

स्कटल्यान्डका लागि क्याले क्वेटजरले सर्वाधिक ८८ रन बनाए। १३६ बल खेलेका उनले ७ चौका र ३ छक्कामा नटआउट भए। सिडी वाल्सेलाई १७ रन, एचजी मुन्सी १० रन, आरडी बेरिङ्गटन १ रन, सीएस माक्लिओड १५ रन, एमएच क्रसले १५ रन बनाए। सफ्यान शरिफ ५ रनमा नटआउट भए।

बलिङतर्फ बसन्त रेग्मी र सन्दिप लामिछानेले समान २, ललित राजवंशी र दिपेन्द्र ऐरी समान १ विकेट लिए।टस जितेर व्याटिङ रोजेको नेपाल ४७४ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो। नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरे। ७५ बल खलेका पारसले ९ चौकासहित ६३ रन बनाए।

बसन्त रेग्मीले नटआउट २४, सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। नेपाललाई सस्तैमा समेटन स्टकल्यान्डका लागी स्टुवार्ट ह्विटिंगमले ३, सफ्यान सरिफले २, तथा रिची, इभान्स र टोम सोलीले समान एक–एक विकेट लिए।

220 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank