अमेरिका विरुद्ध नेपालको सानदार जित

बुधबार, माघ २९, २०७६



काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका माथि ८ विकेटको शानदार जित निकालेको छ। यस अघि नेपालले अमेरिकालाई ३५ रनमै अलआउट  गरेको थियो। यो एक दिवसीय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य ५.२ ओभरमा २ विकेट गुमाउँदै नेपालले भेट्टायो । नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा झड्का दिए । दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए । ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए।

अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन मा सिमित हुन पुग्यो । नेपालका लागि लेग स्पीनर सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो। सन्दीपले ६ र भारीले ४ विकेट लिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments