ओमान विरुद्ध नेपालको सम्मानजनक लक्ष्य, बलिङ चम्कीए जीत पक्का

आइतवार, माघ २६, २०७६



काठमाडौं । नेपाल र ओमानबीच किर्तिपुरमा भइरहेको एक दिवसीय क्रिकेटमा नेपालले टस हारेर पहिला व्याटिङ गरेको छ ।
निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै नेपालले ओमानलाई २५० रनको लक्ष पस्किएको छ ।

डिएस ऐरेले बाहेक सबै खेलाडीले  खाता खोलेको आजको खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक प्रहार गरे । पारस खड्का ३८,आरिफ सेख र कुशल मल्लले समान २८, साथै बि भण्डारीले ३८ रनको योगदान दिँदा नेपालले सम्मानजनक स्कोर खडा गर्न   सफल भएको हो ।

ओमानको बलर आकिव इतियासले १० ओभर बलिङ गर्दै,३८ रन खर्चेर ४ विकेट लिन सफल आजको खेलमा मोहम्मद नदिमले ३ विकेट लिन सफल भए । सात जनाले बलिङ गरेको आजको खेलमा ओमानका अन्य बलर सफल हुन सकेनन। अब केहि समय पछि नेपालले ओमान विरुद्ध बलिङ गर्नेछ । कसिलो बलिङ र फिल्डिङ गर्न सके ओमान विरुद्ध विगतको बदला लिन पनि नेपाल सफल हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments