करण केसीको विस्फोटक ब्याटिङ, नेपालले दियो १६४ को लक्ष्य

शुक्रबार, मंसिर २०, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगत शुक्रबार भएको क्रिकेट खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।   किर्तिपुरको क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ७ विकेटको क्षतीमा निर्धारित २० ओभरमा १६३ रन बनाएको छ ।

पारस खड्कालाई व्यक्तिगत ११ को स्कोरमा गुमाएको नेपालले कप्तान मल्लले १९ रन मात्र बनाउन सके ।  आरिफ सेख १७, विनोद भण्डारी १९ आरके पौडेल १० को सामान्य योगफल रहेको उक्त खेलमा एैरे र करण केसीले नेपालको इनिङ समालेका थिए । एैरेले ३६ बल खेल्दै २ चाैकाको मद्धतले ३९ रन बनाए भने केसीले विस्फोटक ब्याटिङ गर्दै १६ बल खेल्दा ४ छक्का र २ चौकाको मद्धतले ४० रन बनाए ।

अन्तिम ओभरमा नेपालले २४ रन जोड्दा माल्दिभ्सको सामू सम्मानजनक लक्ष १६४ पस्किएको छ ।  खेलको दोस्रो इनिङ केही समय पछि शुरु हुने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments