नेपालद्वारा एमसीसी ५ विकेटले पराजित

सोमवार, कार्तिक १८, २०७६



काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपालले ५ विकेटले जित हासिल गरेको छ । कीर्तिपुर स्थित त्रिबि खेलकुद मैदानमा नेपालले ५ विकेट गुमाउँदै एमसीसीले दिएको लक्ष्य भेट्टाउन सफल भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मा सिमित हुन पुग्यो । नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाउँदै जित हात पार्न सफल भएको हो । नेपालको तर्फबाट विनोद भण्डारीले अविजित ५२ रन बनाए। पवन सर्राफले पनि अविजित ३८ रन बनाउन सफल भए।पहिले ब्याटिङ गरेको एमसीसीका लागि विल रोडसले ५४ रन बनाए। त्यस्तै, ओपनर विल्ली गोड्लेम्यानले ५२ रन बनाउँदै अर्धशतक पूरा गरेका थिए।

नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४.४ विकेट लिन सफल भए भने अविनाश बोहरा र करण केसीले समान १.१ विकेट लिएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata