नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा पटवाल नियुक्त

शुक्रबार, जेष्ठ १७, २०७६



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् ।

पटवाल सात हजार अमेरिकी डलर पाउने गरि प्रशिक्षकमा नियुक्त भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले जानकारी दिए । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै आईसीसीसँग प्रशिक्षकको माग गरेका सचिव विष्ट जनाएका छन् ।

तीन वर्ष देखी निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान)को प्रशिक्षणमा यस अघि नेपाली क्रिकेट टोलीका खेलाडी जगत टमाटा प्रशिक्षकको रुपमा रहँदै आएका थिए । पटवा प्रशिक्षकमा नियुक्त भएसँगै नेपाल आइसकेका छन् ।

पटवालले जुन १० तारिखदेखि आफ्नो जिम्मेबारी समाल्ने छन्। उनको पारिश्रमिक आईसीसीले नै उपलब्ध गराउने राखेप सदस्य सचिव विष्टले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata