मनमोहन यु- १६ अन्तर प्रदेशीय क्रिकेट प्रतियोगिता शुरु

बुधबार, बैशाख १८, २०७६



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं तत्कालिन नेकपा एमालेका अध्यक्ष दिंवगत नेता मनमोहन अधिकारीको सम्झनामा मनमोहन यु-१६ अन्तरप्रदेशीय क्रिकेट प्रतियोगीता शुरु भएको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा काठमाडौंको त्रिबि अन्तराष्ट्रिय खेल मैदान किर्तिपुरमा एक कार्यक्रमका बीच खेलको उद्घाटन भएको हो । खेलको बुधबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । सातवटै प्रदेशका खेलाडीको खेल क्षमताको विकास र क्रिकेटको भविष्यबारे अन्तरप्रदेशको समन्वय बढाउने उद्धेश्यले खेलको आयोजना गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य निरज आचार्यले जानकारी दिए ।

मनमोहन यु १६ अन्तर प्रदेशीय क्रिकेट प्रतियोगिता शुरु

खेलको उद्घाटन गर्दै प्रमुख अथिती उपराष्ट्रपति पुनले क्रिकेटमा नेपालले पछिल्लो समय विश्वलाई चिनाउन सफल भएको बताएका छन् । क्रिकेट राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे । खेल मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेको अध्यक्षमा शुरु भएको हो ।

खेल नेकपाका प्रभावशाली नेता घनश्याम भुसालले बलिङ र उपराष्ट्रपति पुनले ब्याटिङ गर्दै उद्घाटन गरिएको हो । आजको खेल गण्डकी प्रदेश र प्रदेश नम्बर तीन बीच भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata