आईसीसी यू–१९ वर्ल्डकप छनोटः मलेसियामाथि नेपालको सानदार जित

सोमवार, बैशाख २, २०७६



काठमाडौं । नेपालले मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको छ । सोमबार क्वालालम्पुरको बायुमास रंगशालामा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको हो ।

टस हारी पहिले ब्याटिङमा उत्रिएको मलेसियाको यू–१९ टोली ३३.५ ओभमा ९२ बनाउँदा अलआउट हुन पुग्याे । ९३ रनको लक्ष्य नेपाली यू–१९ टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा ९५ रन बनाउँदै जित हात पारेको हो। नेपालको जितका लागि रित गौतमले नटआउट ३९ रन बनाए भने  आशिफ शेखले २६, पजन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान रह्याे ।

मलेसियालाई झिनो स्कोरमा समेट्नेक्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिए भने कमलसिं ऐरीले २ र सागर ढकालले एक विकेट लिएका थिए ।  प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित रहेको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank