नेपाली महिला साप च्याम्पिएनको फाइनलमा

बुधबार, चैत्र ६, २०७५



काठमाडौं । नेपाली महिला साप च्याम्पिएनसिपको फाइनलमा प्रवेश गरेको छ ।  विराटनगरमा शहिद रंगशालामा जारी पाँचौ साफ वुमन्स च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४- ० गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो।

नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् ।

सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोलको अवसर सिर्जना गरेको थियो । ७३ औं मिनेटमा नेपालले अर्को गोल गर्न सफल भयो । श्रीलंकाली गोलकिपरले क्लियर गरेको बललाई रोकेर अनिताले गोल गर्न सफल भएकी थिइन् ।

८२ औं मिनेटमा अनिता बस्नेतको क्रसमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै नेपालको अग्रता अझै फराकिलो बनाइन् । प्रतियोगितामा यो उनको तेस्रो गोल हो । तर उनी ८३ औं मिनेटमा वान भर्सेस् वानमा गोल गर्न चुकिन् ।

खेलको ८६ औं मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै ४–० गोलको अग्रता दिलाइन् । ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी उनले प्रतियोगितामा पहिलो गोल गरेकी गरेर नेपालको जित दिलाउन सफल भएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata