पहिलो एक दिवसीय क्रिकेट खेलमा भारतको जित

सोमवार, फाल्गुन २०, २०७५



हैदराबाद । अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टीम दुई टी-२० र पाँच एक दिवसीय म्याच खेल्न भारत भ्रमणमा रहेको छ ।  फेब्रुअरी २४ देखि मार्च १३सम्म खेलिने दुई देशबीचको क्रिकेट खेलमा दुई टी-२० म्याच अष्ट्रेलियाले जितिसकेको छ ।

गत मार्च २ तारिखमा हैदरबादको राजीव गान्धी अन्तराष्ट्रिय मैदानमा भएको पहिलो एक दिवसीय खेल भारतले जितेको छ । अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेटको क्षतीमा २३६ रनको योगफल तयार गर्न सक्यो ।

उसमान ख्वाजा ५०, मार्कुस स्टाेइनिस ३६,म्याक्सवेल ४० र एलेक्स क्यारीको ३६ रनको मद्धतले खडा गरेको झिनो लक्ष पछ्याउन मैदान ओर्लिएको भारतको पहिलो विकेट १.१ ओभरमा खसेको थियो ।

२३.३ ओभरमा ९९ रन बनाउँदा ४ खेलाडी गुमाउँदै भारत दबावमा परेको थियो । एमएस धोनी ५९ र केदार ज्यादव ८१ को धैर्यतापूर्ण ब्याटीङकाे मद्दतले पहिलो खेलमा भारत ६ विकेटले विजयी भयो । बाँकी खेल ५, ८, १० र १३ मार्चमा खेलिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank