चीनलाई नेपालले दियो ७८ रनको चुनौती

सोमवार, फाल्गुन १३, २०७५



बैंकक । आइसीसी महिला विश्वकप छनौंट खेल अन्तरगत आज (सोमबार) भएको चीन र नेपालबीचको जारी खेलमा नेपालले चीनलाई ७८ रनको चुनौती दिएको छ ।
टस हारेर ब्याटिङ गर्न मैदान ओर्लिएको नेपालले चीनलाई ७८ रनको लक्ष दिएको हो ।

पहिलो विकेटको निम्ती ३२ रन जोडेको नेपालको शुरुवात सामान्य रहेको थियो । विकेट जोगाउँदै खेलमा टिकेको नेपाल ९.४ ओभरमा के. श्रेष्ठ नीजी स्कोर १८ रन बनाउँदै पेभेलियन फर्के सँगै अन्य खेलाडीले खासै चमत्कार देखाउन सकेनन् ।

चिनियाँ बलरहरुले बाँडीचुडी नेपाली खेलाडीको ९ विकेट लिए सँगै नेपालले ठुलो चुनौती पस्कन सकेन । केहि समय पछि चिनियाँ टोली नेपालको चुनौती सामना गर्न मैदान उत्रने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata