धनगढी प्रिमियर लिगमा काठमाडौं गोल्डेन्सको विजयी शुरुवात

सोमवार, माघ २८, २०७५

- पदमराज भट्ट



धनगढी । धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ।  सोमबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँले प्रतियोगितामा विजयी शुरुवात गरेको हो।

टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलव ५ ओभरमा पुरा र्गयो। काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान २ रन बनाए। महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे।

1

धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ रन बनाए।

158 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank