क्रिकेट टोलीलाई प्रतिव्यक्ति ५ लाख दिने सरकारको निर्णय

मङ्लबार, माघ २२, २०७५



काठमाडौं । युएईविरुद्धको टी-२० र एक दिवसीय सिरिज जितेर आएका क्रिकेट खेलाडीहरुलाई सरकारले पुरस्कार दिने भएको छ । सरकारले हरेक खेलाडी र टीमका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले आइसीसीबाट मान्यताप्राप्त युएईविरुद्धको दुवै फर्म्याटको सिरिज जितेर फर्केको टोली नगदसहित सम्मान गर्ने निर्णय गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्ले दुवै फर्म्याट्को सिरिज जितेर फर्किएको क्रिकेट टोलीलाई जनही ५ लाख रुपैयाँ दिनुपर्ने सिफारिस सोमबार मात्रै गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank