नेपाली क्रिकेट टोली स्वदेश आगमन, विमानस्थलमा भव्य स्वागत

सोमवार, माघ २१, २०७५



काठमाडौं । वान डे र टी- २०दुबै सिरिज २-१ ले जीत्दै नेपाल फर्केको किक्रेट टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । उनीहरुलाई रेट कार्पेट विछ्याएर फुलमालाले भव्य स्वागत गरिएको हाे ।

 गत जनवरी २५ देखि फेब्रुअरी ३ तारिख सम्म वान डे र टी- २० क्रिकेट खेल्न नेपाली क्रिकेट टिम युएई भ्रमणमा गएको थियो । कप्तान पारस खड्काको नेतृत्वमा युएई पुगेको नेपाली टोलीले देशको इज्जत बढाउन सफल भएको छ ।

तीन वान डे र तीन टी- २० सिरिज खेल्न युएई पुगेको नेपाली क्रिकेट टीमले जनवरी २५ को पहिलो वान डे खेल ३ विकेटले गुमाउन पुग्यो । जनवरी २६ को दोस्रो वान डे १४५ रनले जित्यो भने, २८ तारिखमा खेलिएकाे खेल ४ विकेटले जित्दै वान डे ट्रफी कब्जा गर्यो ।

जनवरी ३१ को पहिलो टी- २० मा २१ रनले पराजीत नेपाली टोली उत्कृष्ट लय पछ्याउँदै दोस्रो खेलमा ४ विकेट र फेब्रुअरी ३ को अन्तिम खेलमा १४ रनले जीत्दा नेपाली क्रिकेटले सुनौलो इतिहास निर्माण गर्न सफल भएको छ ।

अत्यन्त महत्वपूर्ण खेलमा करण केसी, पारस खड्का र अबिनाश बोहोराको उत्कृष्ट प्रस्तुती पछि नेपालले दुबै सिरिज आफ्नो कब्जामा लिन सफल भएको हो ।  प्लेयर अफ दि म्याच करण केसी र म्यान अफ दि सिरिज अबिनाश बोहोरा रहेको उक्त खेलमा सम्पूर्ण क्रिकेट टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

 दुबै सिरिज जितेर स्वदेश फर्केका क्रिकेट खेलाडीलाइ जनही ५ लाख प्रदान गरिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशर कुमार विष्टले स्वागतकाे क्रममा बताएका छन् ।  खेलाडीको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट लगायतका पदाधिकारी त्रिभुवन विमानस्थल पुगेका थिए । स्वागत पछि अत्यन्त हँसिलो मुद्रामा रहेको खेलाडीहरु बधाईका पात्र भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata