टी–२० अन्तराष्ट्रिय श्रृङखलामाथि पहिलोपटक नेपालको कब्जा

आइतवार, माघ २०, २०७५



काठमाडौं । नेपालले पहिलोपटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय अन्तराष्ट्रिय श्रृङखला  जितेको छ । एउटा रोमाञ्चक क्रिकेट खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तराष्ट्रिय श्रृङखला  २- १ ले जितेको हो।

नेपालले बनाएको १०४ रनको लक्ष्य पछ्याउन आएको युएई ९० रनमा सीमित भएपछि नेपालले पहिलो पटक ऐेतिहासिक टी-२० प्रतियोगिता माथि पनि कब्जा जमाएको हो।

योसँगै नेपालको युएई भ्रमण शतप्रतिशत सफल बनेको छ। यसअघि खेलिएको तीन एकदिवसीय श्रृङखला पनि नेपालले २-१ ले नै जितेको थियो।

आइतवार दुबईमा दुई घण्टा पानी परेपछि विथोलिएको खेल ढिलो शुरू भएको थियो र खेल १० ओभरमा घटाइएको थियो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata