नेपाल-युएई एकदिवसीय क्रिकेट- ३ विकेटले नेपाल पराजित

शनिबार, माघ १२, २०७५



काठमाडौं  । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी नेपाल र यूएईबीचको एक दिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ।

५० ओभरको खेलको दोस्रो इनिङमा नेपाली टोलीले बलिङ गरेको थियो। त्यसमा यूएईले २७ ओभरमा ७ विकेटको क्षतिमा ११६ रनको योगफल तयार पारेको थियो। यसअघि ब्याटिङ गरेको नेपालले यूएईलाई ११४ रनको लक्ष्य दिएको थियो।

यूएईका तर्फबाट अस्फाक अहमदले ५, चिराग सुरीले ४, गुलाम शब्बरले ३०, शाइमन अन्वरले ११, मुहम्मद उस्मानले ६, फहद नवाजले २, मोहम्मद बुटाले ३, अमिर हयातले २४ र इमरान हैदरले १८ रनको योगफल जोडेका थिए। नेपालका तर्फबाट सन्दीप लामिछानेले २, करण केसीले २, पारस खड्काले २ र सोमपाल कामीले १ विकेट लिएका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata