विराटको सतक सँगै खेल बराबरी, निर्णायक खेल १८ जनवरीमा

बुधबार, माघ २, २०७५



एडिलेड । भारत र अष्ट्रेलियाबीच जारी तीन वटा वान डे क्रिकेट खेल मध्ये दोस्रो खेलमा भारतले जित हासिल गरेसँगै खेल बराबरीमा पुगेको छ ।  दोस्रो एक दिवसीय खेलमा टस जीतेर व्याटिङ रोजेको अष्ट्रेलियाले सन मार्स १३१ र म्याक्सवेल ४८ को मद्धतले ९ विकेटको क्षतीमा ५० ओभरमा २९८ रन बनाउन सफल भयो ।

जवाफी व्याटिङ गर्दै भारतले कप्तान विराटको १०४ रन, महेन्द्र सिंह धोनी ५५ नट आउटको सहायताले ४९.२ ओभरमा ६ विकेटको जित हासिल गर्यो ।

पहिलो खेलमा अष्ट्रेलियासँग ३४ रनले हार खाएको भारत दोस्रो खेलमा जित हासिल गरेसँगै १- १ को स्थितीमा पुगेको छ । निर्णायक खेल १८ जनवरीमा अष्ट्रेलियाको मेलवर्नमा हुने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata