पहिलो वान डे म्याचमा अष्ट्रेलियाको जीत

आइतवार, पुस २९, २०७५



सिड्नी । भारतीय क्रिकेट टीमको अष्टे«लिया भ्रमण जारी छ । टेस्ट, वान डे र टी ट्वान्टी म्याच खेल्न अष्ट्रेलियाको निम्तो स्विकार गर्दै त्यस तर्फ गएको हो ।  गत शनिबार भएको पहिलो वान डे म्याचमा अष्ट्रेलियाले पहिला व्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाउँदै २८८ रन बनाउँन सफल भयो ।

उस्मान ख्वाजा ५९, सनमार्स ५४, हेडसकोम्ब ७३ र स्टोइनिस नट आउट ४७ को साझेदारी पछि प्राप्त लक्ष्य चुम्न मैदान ओर्लिएको भारतको शुरुवात राम्रो हुन सकेन ।  केवल ४ रन बनाउँदा भारतले महत्वपूर्ण ३ विकेट गुमाउन पुग्यो । रोहित शर्मा र महेन्द्रसिंह धोनीको सुझबुझ व्याटिङ पछि बनेको १०३ रनको साझेदारी तोडिए पछि भारत फेरी दवावमा आयो ।

रोहित शर्मा १३३ रन बनाउँदै पभेलियन फर्के सँगै भारतले ५० ओभरमा ९ विकेटको क्षतीमा २५४ रन मात्र बनाउन सक्यो ।  अष्ट्रेलियालाई जित दिलाउन अहम भूमिका निभाएका रिचर्डसनलाई प्लेयर अफ दि म्याच घोषित गरियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata