परेराको सानदार सतक- जितको निम्ती २१ रन अपुग

आइतवार, पुस २२, २०७५



न्यूजिल्याण्ड । न्यूजिल्याण्ड र श्रीलंकाबीच खेलिएको दोस्रो वान डे म्याच क्रिकेट प्रेमी दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन सफल रह्यो ।

न्यूजिल्याडले टस जितेर व्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रनको विशाल योगफल बनाउन सफल भयो ।

मुनरो ८७, टेलर ९० र निसामको ६४ रनको योगदान पछि निर्मित योगफल पछ्याउन मैदान ओर्लेको श्रीलंकाको सुरुवात राम्रो रहेन ।

३.६ ओभरमा २८ रन बनाउँदा १ विकेट गुमाएको श्रीलंका २६.६ ओभर पुग्दा ७ विकेटको क्षतीमा १२८ रन मात्र जोड्न पुग्यो । ८ औं नम्बरमा ब्याटिङ गर्न मैदान आएका थिसारा परेराले आफ्नो जीवनको १४७ औं खेलमा पहिलो सतक जोड्दै खेलमा रोमाञ्चकता थपिदिए । केबल ७४ बलमा १३ छक्का ८ चौका हिर्काउँदै १४० रन जोड्दा क्रिकेटप्रेमी दर्शकले खेलको भरपुर आनन्द लिए ।

४६.२ ओभरमा सबै विकेट गुमाउँदै २९८ रन मात्रै जोड्न सफल श्रीलंका हार्दा पनि जितको महशुस गरे । जितका लागि २१ रन अपुग रहेको श्रीलंकाको खेल अत्यन्त रोचक रहेको खेलप्रेमीले कहिल्यै भुल्ने छैनन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata