तेस्रो टेस्टम्याच भारतको खातामा

आइतवार, पुस १५, २०७५



मेलबर्न । भारतीय क्रिकेट टीमले मेलबर्न क्रिकेट मैदानमा अष्ट्रेलियासँग खेलेको तेस्रो टेस्ट म्याच आफ्नो खातामा राख्न सफल भएको छ ।  अष्ट्रेलियालाई खेलको पाँचौं दिन १३७ रनले परास्त गर्दै भारतले २-१ ले अग्रता लिएको छ ।

भारतीय टीमले पहिलो इनिङमा पुजाराको सतक सहित ४४३ रनमा ७ विकेट गुमाउँदै खेलको  इनिङ समाप्ती गरेको थियो । प्रतिउत्तरमा अष्ट्रेलियाले ६६.५ ओभर खेल्दै १५१ रनमा घुँडा टेक्न बाध्य भयो । जसप्रित बुमराहले घातक बलिङ गर्दै १५.५ ओभरमा ४ मेडन राख्दै ३३ रन खर्चेर ६ विकेट लिन सफल भए ।

दोस्रो इनिङमा केबल खेल जित्ने लक्षको साथ हतारमा रहेको भारतीय क्रिकेट टीम ३७.३ ओभरमा १०६ रन बनाउँदै ८ विकेट गुमाउन पुग्यो । तत्पश्चात अष्ट्रेलियालाई ३९९ रनको लक्ष प्रस्तुत गर्दै इनिङ समाप्त गरेको भारतसँग अष्ट्रेलियाले २६१ रन मात्र बनाउँदै खेल भारतलाई सुम्पियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata