लेविसको धुवाँदार ब्याटिङ वेस्ट इण्डिजले जित्यो सिरिज

आइतवार, पुस ८, २०७५



ढाका । वेस्ट इण्डिज क्रिकेट टीमको वंगालादेश भ्रमण सफल भएको छ । तीन टी २० क्रिकेट खेल अन्तरगत २-१ ले सिरिज जित्न सफल वेस्ट इण्डिज टीम अत्यन्त खुसी देखिन्छ ।

डिसेम्बर २२ मा खेलिएको तेस्रो टी २० म्याचमा लेविसको धुवाँदार ब्याटिङको मद्धतले बंगालादेशलाई ५० रनको हार चखाउँदै सिरिज माथि कब्जा जमाएको हो ।

वेस्ट इण्डिजले पहिला व्याटिङ गर्दै लेविजको ८९ रनको मद्धतले १९.२ ओभरमा १९० रन बनाउँदै अलआउट हुन पुग्यो । केवल ३६ बलमा ८ छक्का र ६ चौका प्रहार गरेका लेविज प्लेयर अफ दि म्याच चुनिएको खेलमा बंगालादेश टीम १७ ओभरमा १४० रन बटुल्न सफल भयो ।

बंगालादेशलाई सस्तैमा अलआउट गर्नमा पाउलको घातक बलिङ जिम्मेवार थियो । उनले ४ ओभरमा १५ रन खर्चदैं ५ खेलाडीलाई आफ्नो सिकार बनाएका थिए ।

 

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank