एघार वर्षपछि अष्ट्रेलियाको जमिनमा भारतको जीत

सोमवार, मंसिर २४, २०७५



अष्ट्रेलिया । विराट कोहलीकाे नेतृत्वमा रहेको भारतीय क्रिकेट टीमले अष्ट्रेलियालाई उनीहरुकै देशमा एघार बर्ष पछि हारकाे मजा चखाएको छ । भारतले अष्ट्रेलियाबीच सम्पन्न पहिलो टेस्ट म्याच ३१ रनले जीत्दै १- ० को बढत लिएको छ ।

म्याचको पहिलो इनिङमा भारतले २५० रन बनाउन सफल भएको थियो । भारतसँग  पहिलो इनिङमा केबल १५ रनले पछि परेको अष्ट्रेलियालाई भारतले ३२३ रनको लक्ष दिएको थियो ।
भारतीय लक्ष पछ्याउने क्रममा अष्ट्रेलियाले २९१ रन मात्र बनउन सक्याे । भारतीय जीतकाे निम्ती अहम भूमिका निभाएका चेतेश्वर  पुजाराले पहिलो इनिङमा १२३ रन र दोस्रोमा ७१ रनको योगदान दिएका थिए । भारत र अष्ट्रेलियाबीच दोस्रो खेल १४ डिसेम्बरमा खेलिने छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata