भारतको जीतसँगै सिरिज बराबरी
सोमवार, मंसिर १०, २०७५

सिड्नी । भारत र अष्ट्रेलियाबीच सिड्नीमा खेलिएको तेस्रो टी २० म्याच भारतले जीतेको छ । पहिला ब्याटिङ गर्दै अष्ट्रेलिया २० ओभरमा ६ खेलाडी गुमाउँदै १६४ रन बनाउन सफल भयो । क्रुणाल पडियाले घातक बलिङ गर्दै अष्ट्रेलियाको चार विकेट लिन सफल भएको उक्त म्याच भारतले ४ खेलाडी गुमाउँदै आफ्नो नाम लेखाउन सफल भयो ।
१९.४ ओभरमा कप्तान विराट ६१ र दिनेश कार्तिक २२ ले उत्कृष्ट खेल खेल्दा भारतले सिरिज ११ मा राख्न सफल भयो ।
234 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments