भारतीय सपनामा इङल्याण्ड बाधक

शुक्रबार, मंसिर ७, २०७५



नर्थ साउण्ड । महिला विश्वकप टी- २० क्रिकेट अन्तरगत भारत र इङल्याण्डबीच खेलिएको दोस्रो सेमिफाइनल खेल भारतीय सपनाको बाधक बन्न पुगेको छ ।  इङल्याण्डलाई हराउँदै फाइनल खेल्ने भारतीय इच्छामा इङल्याण्डका बलरहरु एचसि नाइट, केल गोर्दन र एस स्केलटोन बाधक बन्न पुगे ।

पहिले ब्याटिङ गर्दै १९.३ ओभरमा सबै विकेट गुमाउँदै भारतले दिएको ११३ रनको झिनो लक्ष २ विकेट गुमाएर १७. १ ओभरमा इङल्याण्डले फेला पार्यो ।  एई जोनस र एआर सीभरले भारतीय खेलाडीलाई खेलमा फर्कन नदिएको खेल पछि भारतको फाइनल पुग्ने सपना चक्नाचुर बन्न पुग्यो ।

अष्ट्रेलियामा र इङल्याण्डबीच २४ नोभेम्बरमा भिभिएन रिचार्डस स्टेडियम नर्थ साउण्डमा फाइनल खेल खेलिने छ ।

107 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank