बर्षातले प्रभावित पहिलो टी-२० अष्ट्रेलियाले जित्यो

बिहिबार, मंसिर ६, २०७५



ब्रिसबन । भारत र अष्ट्रेलियाबीच भएको पहिलो टी- २० म्याच भारतले ४ रनले गुमाएकाे छ । बर्षातले प्रभावित उक्त म्याचमा अष्ट्रेलियाले पहिले  ब्याटिङ गर्दै १७ ओभरमा ४ खेलाडी गुमाउँदै १५८ रन बनाउन सफल भयो ।

डक वर्थ एण्ड लेविस मेथाेडका अनुसार भारतले पाएको नयाँ लक्ष १७४ रन पछ्याउने क्रममा सात विकेट गुमाउँदै केवल १६९ रन मात्र बनाउन सक्यो । शिखर धवनले ४२ बल खेल्दै १० चौका र २ छक्काको मद्धतले ७६ रन बनाउँदै जीतको आधार खडा गरेकोमा अन्तिम ओभरमा खेल भारतको पक्षमा जान सकेन ।

६ बलमा १३ रन बनाउनु पर्ने अबस्थामा दिनेश कार्तिक ३० र क्रुणाल पाण्डया आउट भए पछि भारत ४ रन कम बनाउँदै सिरिजमा १- ० ले पछि पर्यो । यस अघि अष्ट्रेलिया इनिङमा म्याक्स  वेल ४६ ,फिन्च २७, लियोन ३७ र स्टोइनिस ३३ नट आउटले जीतको जग बसाएका थिए ।

131 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank