महिला टी- २० विश्वकप : भारतीय टीम सेमिफाइनलमा

शुक्रबार, कार्तिक ३०, २०७५



गुयना । महिला टी- २० विश्वकप अन्तरगत भइरहको क्रिकेट खेलमा भारतले सेमि फाईनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ ।  गत विहीबार आयरल्याण्ड र भारतबीच भएको १३ औं खेलमा आयरल्याण्डको व्याटिङको निम्तो स्विकार गदैं २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाउन सफल भयो ।

मितालीराज र मन्धनाको जोडीले १० ओभरमा पहिलो विकेटका लागि ६७ रनको साझेदारी गर्दै भारतको जग बसाएका थिए । आयरल्याण्डको चुस्त बलिङ र फिल्डिङको डटेर सामना गरेकी मिताली राजले ५६ बलको सामना गर्दै ५१ रन बनाउने क्रममा ४ चौका र एक छक्का प्रहार गरेकी थिइन् ।  भारतको चुनौतीलाई स्विकार गर्दै मैदान उत्रिएको आयरल्याण्ड टीम २० ओभरमा ८ खेलाडी गुमाउँदै केवल ९३ रन बनाउन सफल हुँदा भारतीय टिमले ५२ रनले जीत हासिल गर्यो ।

ग्रुप ए अन्तरगत वेस्टइण्डिज,इङल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् भने, ग्रुप बी मा अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, पाकिस्तान र आयरल्याण्ड टम सहभागी छन् । यस अघि तीन खेल जीत्दै ग्रुप बी बाट अष्ट्रेलिया महिला टीमले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

152 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank