पूर्व क्रिकेट खेलाडी तिलकरत्नेले राजनीतिमा हाम फाले

बिहिबार, कार्तिक २९, २०७५



श्रीलंका । श्रीलंकाली पूर्व क्रिकेट खेलाडी तिलकरत्ने दिलसान अब राजनैतिक मैदानमा उत्रिने भएका छन् । पूर्व राष्ट्रपति महिन्द्रा राजापाक्षेद्वारा नव गठित श्रीलंका पीपुल्स पार्टीको सदस्य भएसँगै उनी राजनीतिको ‘दिल स्कुप’ खेल्न तयार भएका हुन् ।

४२ बर्षीय दिलसान कलुतारा जिल्लाको संसदीय क्षेत्रबाट आफ्नो राजनैतिक पारी सुरु गर्नेछन् । अलराउण्डर पूर्व क्रिकेट खेलाडी दिलसानले श्रीलंकाको निम्ती ८७ टेस्ट, ३३० वान डे र ८० टी २० इन्टरनेशनल म्याच खेलेका छन् । ४०.९८ को औषतमा ५४९२ टेस्ट रन बनाएका थिए ।

श्रीलंका क्रिकेटबाट राजनीतिमा हाम फालेका पूर्व कप्तान अर्जुना रणतुङ्गा मन्त्री भइसेका छन् भने सनाथ जयासुर्या सांसदमा चुनिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata