अन्तीम बलमा सान्तवना जीतबाट वेस्टइण्डिज बञ्चित

सोमवार, कार्तिक २६, २०७५



चेन्नई । भारत वेस्टइण्डिजबीच चेन्नईमा सम्पन्न अन्तिम टी २० म्याचमा भारतको जीत सँगै वेस्टइण्डिजको भारत भ्रमण सकिएको छ । टेस्ट, वान डे र टी २० सबै खेलमा केवल एक जीत हासिल गरेको वेस्टइण्डिज अन्तीम खेलमा सान्तवना जीतको खोजीमा रहेको थियो ।

पहिला ब्याटिङ गर्दै  वेस्टइण्डिजले  २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनाउँन सफल भएको थियो । डीएम ब्राभो र एन पुरनले भारतीय बलरलाई असफल बनाउँदै दिएको १८२ रनको चुनौती भारतीय ब्याटसम्यान शिखर धवन ९२ र रिसभ पन्त ५८ को कारण वेस्टइण्डिजकाे सान्तवना जीतको खोजीमा ब्रेक लाग्न पुग्यो ।

टीमको स्कोर बराबरी भएको समयमा शिखर धवन पोलार्डको हातबाट क्याच आउट हुन पुग्दा खेल सुपर ओभरमा पुग्ने आंकलन गरिएको थियो । अन्तिम बलमा एमके पाण्डेले एक रन लिँदै भारतले ३- ० ले सिरिज माथि कब्जा जमायो ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank