विश्वकप क्रिकेटमा भारतको विजयी सुरुआत

शनिबार, कार्तिक २४, २०७५



काठमाडौं । २० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ । समूह बी मा रहेको भारतले न्यूजिल्याण्डमाथि ३४ रनको जित निकालेको हो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रनको योगफल तयार परेको थियो ।

४० रन जोड्दा ३ विकेट गुमाएर दवावमा आएको भारतलाई कप्तान हरमनप्रित कौर र जेमिमा रोड्रिगेजले १३४ रनको साझेदारी गर्दै बलियो स्थितिमा पुर्याएका थिए । हरमनप्रितले ५१ बलमा शतकसहित १०३ रन जोडेकी थिइन् ।

यसैगरी रोड्रिगेजले ५९ रन जोडिन् । न्यूजिल्याण्डका ली तहुले २ विकेट लिएकी थिइन् । १९६ रनको लक्ष्य प्छ्याएको न्यूजिल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १६० रनमात्र जोड्न सक्यो ।

115 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank