रोहितले दिलाए भारतलाई टी २० सिरिज

बुधबार, कार्तिक २१, २०७५



लखनऊ ।  वेस्ट इण्डीजको बिरुद्ध खेलिएको दोश्रो टी २० क्रीकेट म्याच भारतीय टीमले मंगलवार ७१ रनले आफ्नो पक्षमा पार्न सफल भयो । उक्त म्याचमा कप्तान रोहित शर्माले धमाकेदार ब्याटिङ गर्दै ६१ बलमा अबिजित १११ रन बनाए ।

हिजोको खेल पछी टी २० म्याचमा धेरै रन बनाउने विश्वभरको खेलाडी मध्य दोश्रो स्थानमा नाम लेखाउन सफल रोहितले म्याचमा आठ चौका र ७ छक्का हान्दै भारतलाई एक खेल बाँकी छँदै टी २० सिरिज दिलाउन सफल भए ।

भारतीय टिमले पहिले ब्याटिङ गर्दै बनाएको बिशाल स्कोर १९५ रनलाई पछ्याउने क्रममा क्यारेबियन टिम नौ विकेटको क्षतिमा केवल १२४ रन मात्र बनाउन सफल भयो ।

यस अघी सम्पन्न टेस्ट म्याच र वान डे सिरिज भारतले आफ्नो नाम लेखाई सकेको छ । वेस्ट इण्डीजको भारत भ्रमण सम्पन्न हुनु अघी खेलिन बाँकी एक मात्र टी २० म्याच केवल औपचारिकता मात्र बन्न पुगेको छ ।

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank