पाकिस्तानले जित्यो टी- २० सिरिज

सोमवार, कार्तिक १९, २०७५



यूएई । पाकिस्तान र न्यूजिल्याडबीच युएईमा सम्पन्न भएको तेस्रो टी ट्वान्टी म्याच पाकिस्तानले ४७ रनले जितेको छ ।  टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेटको क्षतीमा १६६ रन बनाउन सफल भयो ।

बाबर आजम ७९ र मोहम्मद हाफिज नट आउट ५३ रनको मद्धतले न्युजिल्याण्डलाई दिएको १६७ रनको लक्ष भेटाउने क्रममा केबल १६.५ ओभरमा ११९ रन मात्र बनाएर अल आउट हुन पगे।

न्यूजिल्याण्ड कप्तान विलियमसनले ३८ बल खेलेर ६० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले खासै योगदान निभाउन सकेनन् । पाकिस्तानी बलर सादाव खानले तीन विकेट,इमाद वासिम र मकसुदले २- २ विकेट लिएको उक्त  म्याच पछि टी -२० सिरिज ३-० ले पाकिस्तानको पोल्टामा गएको छ ।

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank