भारत पराजित खेलमा विराटको अर्काे किर्तिमान

आइतवार, कार्तिक ११, २०७५



नयाँ दिल्ली । भारत र वेस्टइण्डिजबीच खेलिएको तेस्रो वान डे क्रिकेट म्याचमा भारत पराजित भएको छ । टस जितेर फिल्डिङ रोजेको भारतले वेस्टइण्डीजको २८४ रनको चुनौती भेटाउन सकेन ।

वेस्टइण्डिज व्याट्सम्यान एस डि होप र एआर नर्सका व्याटिङले खडा गरेको २८३/ ९ लाई पछ्याउने क्रममा भारतले ४७.४ ओभरमा २४० रन मात्र बनाउन सफल भयो । पाँच दिवसीय म्याचमा यस अघि एक एक म्याच दुबै मुलुकले जितेका छन् भने एक म्याच बरावरीमा टुङ्गिएको थियो ।

विराटको किर्तिमान

महाराष्ट्र क्रिकेट संघ स्टेडियममा भएको तेस्रो वान डे म्याचमा वेस्टइण्डिज विरुद्ध सतकीय पारी खेल्दै अर्काे किर्तिमान आफ्नो नाममा थपेका  हुन् । भारतीय कोहलीले ३८ औं ओभरमा ३८ औ सतक प्रहार गर्दै लगातार तीन खेलमा सतक प्रहार गर्ने खेलाडी बन्न सफल भएका हुन् ।

पहिलो खेलमा १४०, दोस्रोमा १५७ र तेस्रोमा १०७ रन बनाएका उनी विश्व क्रिकेटमा लगातार तीन सतक प्रहर गर्ने दश खेलाडीमा आफ्नो नाम समाबेश गरेका हुन् । यस अघि कुमारा संगाकारा, जहिर अब्बास, सईद अनवर, हर्सल गिब्स, डिबिलियर्स, क्विन्टन डि कक , रोस टेलर , बाबर आजम, जोन बिस्ट्रोले उक्त कारनामा गरिसकेका छन् ।

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank