भारत वेइस्टइण्डीज म्याच बराबरी- विराटको रेकर्ड

बिहिबार, कार्तिक ८, २०७५



नयाँ दिल्ली । विशाखापटनममा भारत र वेस्टइण्डीजबीच खेलिएको दोस्रो वान डे क्रिकेट म्याच बराबरीमा टुङ्गीएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको भारतले वेइस्टइण्डीज सामु विशाल स्कोर खडा गर्यो ।

५० ओभरमा विराट कोहलीको १५७ रनको मद्धतले ६ विकेट गुमाउँदै ३२१ रन बनाएको उक्त म्याचमा अम्बाती रायडुले ७३ रनको योगदान गरे । जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको वेस्टइण्डीज एसडी होप र एसओ हेटमायरकाे साझेदारीमा जितको आधार तयार गरेको थियो । केबल ६४ बल खेलेर ७ छक्का र ४ चौका प्रहार गरेका  हेटमायर ९४ रनको निजी योगफल बनाउँदै पभेलियन फर्किएसँगै भारतकाे झिनाे अाशा पलाएकाे थियाे ।   वेस्टइण्डीज टिमको कप्तान होल्डर र होप मिलेर सुझबुझ पूर्ण ब्याटिङ गर्दै गर्दा ४७.२ ओभरमा ३ सय रनको योगफल हुँदा  हाेल्डर दुर्भाग्यपूर्ण रन आउट हुन पुगे । तत्पश्चात हातबाट फुत्कीएको म्याच भारतले ५० ओभरमा बराबरीमा टुङ्ग्याउदा होप १२३ रनमा नट आउट हुन पुगे ।
विराटको रेकर्ड
भारत वेस्टइण्डीजबीच खेलिएको म्याचमा भारतीय बल्लेबाज बिराट कोहलीले नयाँ रेकर्ड कायम गरेका छन् । आफ्नो क्रिकेट खेलमा सबैभन्दा कम इनिङ खेल्दै १० हजार रन बनाउने उनी पहिलो खेलाडी बनेका छन् । उनले २०५ इनिङमा उक्त कारनामा गरेका हुन् । यस अघि उक्त उपाधी भारतीय बल्लेबाज सचीन तेण्डुलकरको नाममा रहेको थियो । सचिनले २५९ म्याच खेल्दै १० हजार रनको लक्ष्य चुमेका थिए ।

birat

१० हजार रन बनाउने अन्य भारतीय ब्याट्सम्यानहरु सौरभ गाँगुली, एमएस धोनी र राहुल द्रबिड छन् । श्रीलंकन खेलाडीमा जया सुरिया, संगाकारा, दिलसान र जयबर्धने छन् ।अन्यमा रिकी पोन्टीङ, ज्याक कालिस, ब्रायन लारा र इन्जमाम उल हक रहेका छन् ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank