भारत वेस्टइण्डीज क्रिकेट म्याच : तोडियो पुरानो रेकर्ड

सोमवार, कार्तिक ५, २०७५



भारत । भारत र वेस्टइण्डीजबीच आइतबार भएको खेल भारतले ८ विकेटले जित्दै १- ० को अग्रता लिन सफल भएको छ ।  गुहाटीमा भएको उक्त खेलमा वेस्टइण्डिजले भारत सामु ३२२ रनको विशाल स्कोर खडा गरेको थियो । पावेलको अर्धसतक र हेटमेरको सतकको मद्धतले ८ विकेटको क्षतीमा भारत सामु ३२३ रनकाे विशाल चुनौती खडा गरेको उक्त म्याचमा जवाफी ब्याटिङ गर्दै भारतले सजिलै जित हासिल गर्यो ।

अनेकौं रेकर्ड तोडियो

वान डे क्रिकेट म्याचमा १५० रन भन्दा बढी बनाउने खेलाडीहरुमा रोहीत शर्मा एक नम्बर खेलाडी बन्न सफल भए । यस अघि सचिन तेण्डुलकरको नाममा रहेको उक्त उपाधी रोहितले लिएका हुन् ।

आइतबारको खेलमा रोहित शर्माले नटआउट १५२ रन बनाउँदा १५० रन भन्दा बढी बनाउने उनी पहिलो खेलाडी हुन पुगे । यस अघि सचिन र डेविड बार्नर ५ पटक सनथ जयासुरिया, क्रिस गेल र हासिम आमलाले ४ पटक १५० भन्दा बढी रन बनाएका थिए ।

वेस्टइण्डीजको विरुद्ध धेरै रन बनाउने दोस्रो भारतीय खेलाडी

भारत र वेस्टइण्डीज विरुद्ध खेलिएको खेलमा सबै भन्दा धेरै रन बनाउने खेलाडी विरेन्द्र सेहवाग मात्र हुन् । आइतबार रोहित शर्माले १५२ रन जोड्दै दोस्रो नम्बरमा आफ्नो नाम लेखाउन सफलता प्राप्त गरेका हुन् । तेस्रोमा सचिन र चौथोमा विराट कोहली रहेका छन् ।

भारतको तर्फबाट धेरै छक्का हान्ने तेस्रो भारतीय खेलाडी

भारतको तर्फबाट सबै भन्दा धेरै छक्का प्रहार गर्ने खेलाडी धोनी रहेका छन् । उनले २१० छक्का हानेका हुन् भने सचिनको नाममा १९५ छक्का रहेको छ । यस अघि तेस्रो नम्बरमा रहेका सौरब गाँगुली १८९ लाई पछाडी पार्दै रोहितले १९० छक्का पुर्याउँदैं तेस्रो स्थान कब्जा गरेका हुन्।

लक्ष पछ्याउने जोडीमा रोहित र विराट

भारतले खेलेको सम्पूर्ण क्रिकेट म्याचमा लक्ष पछ्याउने २२४ रनको रेकर्ड साझेदारी गौतम गम्भीर र विराट कोहलीको नाम थियो । आइतबारको खेलसँगै उक्त रेकर्ड रोहित र विराटको नाममा लेखिएको छ । वेस्टइण्डीजको विरुद्ध रोहित र विराटले २४६ रनकाे रेकर्ड साझेदारी गरेका थिए ।

236 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank