नेपाल प्रतियोगिताको च्याम्पियन, सन्दीप किर्तीमानी बलर

शुक्रबार, अशोज २६, २०७५



काठमाडौं ।  नेपाल आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबारको खेल रद्द भएपछि नेपालले सिंगापुरलाई रनरेटमै उछिन्दै च्याम्पियन भएको हो । मलेसियाको क्वलालम्पुरस्थित बायुमास ओभल खेल मैदलानमा नेपालले टसजितेपछि व्याटिङमा आएको सिंगापुर १३.३ ओभरमा ८१ रन बनाउँदै अलआउट भयो ।

राउन्ड रोबिन लिगको अन्तिम खेल अगाडि नेपाल र सिंगापुरको दुवैको १० अंक थियो । तर सिंगापुर भन्दा नेपाल रनरेटमा अगाडि थियो । नेपालबाट सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले २र२, ललित राजवंशी र बसन्त रेग्मीले १र१ विकेट लिए । सन्दीप लामिछमाने एकै प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

98 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank