पहिलो चरणको अन्तिम खेलमा नेपाल सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

शुक्रबार, अशोज २६, २०७५



काठमार्डाैं । आईसीसी टी ट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल आज मैदान उत्रिदैछ । एसियाली छनोट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र सिंगापुर दुवै टोलीले यसअघि नै अन्तिम चरणको एसियाली छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेकालेआजको खेल उपाधिका लागि मात्र केन्द्रित हुनेछ।

शीर्ष दुई स्थानमा रहेका नेपाल र सिंगापुरबीचको खेलको विजेता टोलीले नै उपाधि जित्ने निश्चित छ। प्रतियोगिताको अन्तिम खेलअघि नेपाल र सिंगापुर दुवैको समान पाँच खेलबाट १०-१० अंक छ। रन रेटका आधारमा भने नेपाल शीर्ष स्थानमा छ ।

नेपालले सिंगापुरसँग पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको ५० ओभरको एसिया कप छनोट प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल चार विकेटले विजयी भएको थियो।

268 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank