नेपालको चौथो जित, एसियाली छनोटमा प्रवेश

मङ्लबार, अशोज २३, २०७५



काठमाडौं । टी–२० विश्वकपको एसिया छनोट ‘बी’ मा नेपालले लगातार चौथो जित निकालेको छ ।  आज भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको छ ।

नेपालले दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । सन्दिप लामिछाने र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए भने बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक–एक विकट लिए ।

सात टोली सहभागी एसियाली समूह बी को छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली अर्को चरणको छनोटका लागि छानिनेछन् ।प्रतियोगितामा नेपालले अहिलेसम्म आयोजक मलेसिया, म्यानमार, थाईल्याण्ड र भुटानलाई पराजित गरिसकेको छ । नेपालले अब सिंगापुर र चीनसँग खेल्न बाँकी छ ।

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank