नेपालद्वारा म्यानमार पराजित

बुधबार, अशोज १७, २०७५



विश्वकप २०–२० क्रिकेटको छनौटका लागि नेपालले म्यानमारलार्इ पराजित गरेकाे छ । मलेसियाको किनरारा ओभलमा  भएको खेलमा म्यानमार केवल १० ओभरमा २९ रन बनाउँदै अलआउट हुन पुग्यो ।

cr

सन्दिप लामिछानेले २ ओभरमा ३ रन दिदैं ४ विकेट लिदैं गर्दा अर्का बलर एलएन राजवंशीले उनलाई राम्रो साथ दिए । राजवंशीले ३ ओभर बलिङ गर्दै २ मेडेन ओभर सहित ३ रन खर्चेर ३ विकेट लिन सफल हुँदा म्यानमार सस्तैमा अलआउट हुन पुग्यो ।

म्यानमारका कप्तान एच लिन अङले दोहोरो अंक सहित १६ रन बनाएको उक्त म्याचमा नेपालले ८ विकेटले जित हासिल गर्यो । एके शाहले ५ बलमा ११ रन र करण केसी ८ बलमा १४ बनाउँदा नेपालले ३ ओभरमा विजय लक्ष भेटायो।

203 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank