विश्वकप छनौटका लागि नेपाल मैदानमा उत्रिदै

बुधबार, अशोज १७, २०७५



काठमाडौं । विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेटको छनौटका लागि नेपाल आज मैदानमा उत्रिदैछ । एसियाली समुहको उप–क्षेत्रिय छनोट प्रतियोगिता आजबाट मलेसियामा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा आज म्यानमारसँग खेल्नेछ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा हुने खेल नेपाली समय अनुसार अपरान्ह १२ः१५ मा सुरु हुनेछ ।

म्यानमार विरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितसहित उपाधि यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ । नेपालको सिनियर टिमले सन् २००६ पछि पहिलोपटक म्यानमारसंग खेल्न लागेको हो । सन् २००६ को एसीसी ट्रफीमा नेपालले म्यानमारलाई १० विकेटले पराजित गरेको थियो । नेपालले दोस्रो खेलमा मलेसियासंग अक्टोबर ६ मा र तेस्रो खेल थाइल्याण्डविरुद्ध अक्टोबर ७ मा खेल्नेछ ।

यस्तै नेपालले ९ अक्टोबरमा भुटानसंग प्रतिस्पर्धा गर्दा १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्ने छ । प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया, चीन, सिंगापुर, भुटान, थाइल्यान्ड र म्यानमार सहभागी छन् । प्रतियोगितामा सहभागी अन्य टोलीहरु तुलानात्मक रुपमा नेपालभन्दा कमजोर देखिएका छन् ।

123 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank