एशियाकप अन्डर १९ मा नेपालको खराब प्रदर्शन

सोमवार, अशोज १५, २०७५



बंगलादेश । एशियाकप अन्डर १९ अन्तरगत आज भइरहेको नेपाल र अफगानिस्तानबीच जारी खेलमा नेपालले ब्याटिङमा खराव प्रदर्शन गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ३८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै केवल १३१ रनमात्र जोडेको छ । नेपाललाई सस्तैमा समेट्न अफगानि बलर अजमातुल्लाहले अहम भुमिका निभाएका थिए ।

नेपालको ओपनर जोडी रित गाौतम र रवि शाहलाई व्यक्तिगत स्कोर १० र २ मा पभेलियन फर्कन बाध्य पार्दा नेपाल ६.२ ओभरमा केवल १६ रन बनाएर खेल्दै थियो । २७.३ ओभरमा ७ विकेट गुमाएर केवल ८१ रनमा खेलिरहँदा क्रिजमा आएका रसिद खानले धमाकेदार छोटो पारि खेल्दै व्यक्तिगत २९ रन जोड्दा नेपालको स्कोर ११९ पुर्याइदिए ।

खानको पेभेलियन फिर्तीसँगै सवै जिम्मेवारी काँधमा बोकेका एक मात्र खेलाडी आरके पौडेल ४९ रनमा आउट भएसँगै नेपाल १३१ रनमा समेटियो ।

ग्रुप ए अन्तरगत भारत, अफगानिस्तान, युएई र नेपालबीच भइरहेको खेलमा भारत र अफगानिस्तानले समान दुइ अंक जोड्न सफल भएका छन् । भोली अफगानिस्तान र भारत, नेपाल र युएइ बीच हुने खेलमा नेपाल टिकीराख्न आजको खेल जीत्नै पर्ने छ । १३२ रनकाे झिनाे लक्ष पछ्याएकाे अफगानिस्तानले ७५ बल बाँकी छँदै ३ विकेटले जीत हासिल गर्दा भाेलीकाे खेल केवल अाैपचारिकतामा सिमित रहेने छ ।

159 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank