एशियाकप २०१८ मा भारत र पाकिस्तान आमने सामने

आइतवार, अशोज ७, २०७५



दुवई । एशिया कप २०१८  अन्तरगत  भइरहेको सुपर चार खेलमा आज साँझ ५ बजे भारत पाकिस्तानको भेट दुवई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुदैंछ ।

गएको बुधबार एक पटक खेलिसकेका यी दुई टिम आज फेरी भिड्दैछन् । यस अघि नै सुपर चारमा पुग्न सफल बंगलादेश,अफगानिस्तान, भारत र पाकिस्तानबीच आज हुने खेल फाइनलमा पुग्न निर्णायक हुन सक्ने छ ।

आफ्नो विजय यात्रालाई लयमा बदल्दै उच्च मनोवल कायम गरेको भारतले सुपर चार अन्तरगतकाे  पहिलो खेल गत शुक्रबार बंगलादेश विरुद्ध खेल्दै ७ विकेटले जितेको थियो ।

सुपर चार  अन्तरगतको दोस्रो खेल पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले हराउन सफल रहे पनि पाकिस्तान खुलेर खेल्न सकिरहेको छैन् ।

रोहित शर्मा, शिखर धवन, अंबाती रायडु र दिनेश कार्तिक जस्ता भारतीय खेलाडीहरु लयमा रहेको वर्तमान समयमा पाकिस्तानी ओपनर खेलाडी फखर जमान जम्न सकिरहेका छैनन् ।

विश्वको कुनै पनि टिमलाई धरासायी बनाउन सक्ने पाकिस्तानी वलरहरु लिएर सम्पन्न हुने आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ ।

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank