नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

शुक्रबार, भदौ २२, २०७५



काठमाडौँ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स ९युएइ० र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङ्कङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ ।

एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।

108 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank