सन्दिपको उत्कृष्ट बलिङ- जीतको लागि २५५ रन आवस्यक
बिहिबार, भदौ १४, २०७५

काठमाडौं । टस जितेर युएईलाई व्याटिङको निम्तो दिएको नेपालले २५५ रनको लक्ष्य प्राप्त गरेको छ । असफाक अहमद र चिराग सुरीको साझेदारी तोड्न १२.१ पर्खेको नेपाल दोस्रो विकेट तुरुन्त लिन सफल भयो ।
तेस्रो विकेट लिन धेरै मेहेनत गरेको नेपालले युएईलाई रोक्न हर सम्भव कोसिश गरेको थियो । १४२ रनको अबस्थामा साइमन अनवर र १५१ को स्कोर बनाउँदै गर्दा मोहम्द उस्मानलाई पेभेलियन पठाउन सपल भए पनि युएईको व्याटिङ लाईनलाई रोक्न सकेन ।
चिराग सुरी र अदनान मुख्ती युएईको इनिङ समाल्दै सम्मानजनक चुनौती नेपाल सामु खडा गर्यो । ५० ओभरको खेलमा ९ विकेट गुमाउदै २५४ रन बनाएको युएईलाई रोक्न सन्दिप लामिछाको प्रमुख भुमिका रह्यो । उनले ४० डटबल फाल्दै १० ओभरमा केबल १ चौका मात्र दिदै ४ विकेट लिए । सोमपाल र बसन्त रेग्मीले दुई दुई विकेट बाँडेर लिँदा युएईले सोचे जस्तो चुनौती दिन भने सकेन ।
युएईको चुनौतीलाई स्वीकार गर्दै व्याटिङमा उभिएको चोथो बलमा ज्ञानेन्द्र मल्ललाई गुमाउन पुग्यो । अत्यन्तै समालिएर खेल्दै गरेको नेपालले कप्तान पारस खड्कालार्इ गुमाउदा २ विकेटकाे क्षतिमा ३५ रन जाेड्न सफल भएकाे छ । खेल किनरारा एकेडेमी अाेभलमा भर्इरहेकाे छ ।
220 पटक पढिएकोप्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments