इङ्ल्याण्डलाई बर्षाले मात्र बचाउन सक्ने

बुधबार, भदौ ६, २०७५



ट्रेण्टब्रिज । भारत र इङ्ल्याण्डमा जारी तेस्रो टेस्ट भारतको जीतको निम्ती केवल औपचारिकता मात्रै बाँकी छ । भारतीय चुनौती ५२१ रनलाई स्विकार गर्दै व्याटिङ गर्न ओर्लिएको इङ्ल्याण्ड खेलको चौथो दिन केबल ३११ रन बनाउदै ९ विकेट गुमाउन पुग्यो ।

बर्षाले मात्रै जीताउन सक्ने  २१० रनको लक्ष्य चुम्न इङ्ल्याण्डको हातमा १ विकेट मात्र बाँकी छ । लामो समय घाइते रहि खेलमा फर्किएका जसप्रित बुमराहको घातक बलिङका सामु समालिन नसकिदा भारतलाई ३- ० ले हराउन बञ्चीत हुने सम्भावना करिव निश्चित छ ।

यस अघि पहिलो इन्डिङमा भारतले ब्याटिङ गर्दै ३२९ रन बनाउन सबै विकेट खर्च गरेको थियो भने दोस्रो इनिङमा कप्तान विराटको सतकीय पारि सहित ७ विकेटको क्षतीमा ३५२ रन बनाउँदै विशाल ५२१ रनको चुनौती दिएको थियो ।

इङ्ल्याण्डलाई पहिलो पारिमा १६१ रनमा सिमित राख्न हार्दिक पाण्ड्याको अहम भुमिका थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments