रुस्लान कपको उपाधी नेपाल पुलिसलाई

मङ्लबार, माघ ४, २०७३



काठमाण्डौ । आर्मीलाई हराउँदै नेपाल पुलिस क्लबले रूस्लान कपको उपाधि हात पारेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा पुलिसले नेपाल आर्मीलार्इ ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल आर्मीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय ४२ रन बनायो। आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रन जोडेका थिए । यस्तै, राजेश पुलामी ३८, नरेश बुढाऐर २८, अनिल मण्डलले १५ तथा सोमपाल कामीले नटआउट १५ रन जोडे। पुलिसका ललितसिंह भण्डारी र कुशल भूर्तेलले समान २÷२ विकेट लिए। मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान १ विकेट हात पारे ।

पुलिसले १ सय ४३ रनको लक्ष्य १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा कुशल भूर्तेलले नटआउट ३४ रनको योगदान दिए। त्यस्तै पुलिसका दिलीप नाथले २४ र योगेन्द्रसिंह कार्कीले ११ रन जोड्दै पुलिसलार्इ उपाधी जिताउन सफल भएका हुन् ।

आर्मीका लागि जितेन्द्र मुखिया र विक्रम सोएबले २÷२ विकेट लिएका थिए। उपाधिसँगै पुलिसले तीन लाख हात पारेको छ भने उपबिजेता बनेको नेपाल आर्मीले दुई लाख रूपैयामा पाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata