मनमोहन अधिकारीको स्मृतीको अवसर पारी क्रिक्रेट प्रतियोगीता हुने

बुधबार, चैत्र २८, २०७४



काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गिय मनमोहन अधिकारीको स्मृतीमा क्रिक्रेट प्रतियोगीता हुने भएको छ । मनमोहोन मेमोरियल क्रिक्रेट सेन्टरको आयोजनमा नयाँ बर्षको अवसर पारि बैशाख १३ देखी १९ गते सम्म प्रतियोगीताको आयोजना गरिने भएको हो ।

१६ बर्ष मूनीका खेलाडीहरुलाई लक्षित गर्दै अन्तरप्रदेशीय क्रिक्रेटको आयोजना गरिएको मनमोहन मेमोरियल क्रिक्रेटका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।  खेलमा ६ वटै प्रदेशका ७ वटा टिमवीच ३० ओभरका खेलहरु खेलाइने आयोजकले जनाएको छ । प्रतियोगीताका लागि सातवटै प्रदेशका क्रिक्रेट संघ, क्षेत्रिय तथा जिल्ला खेलकुद विकास समिति, स्थानिय स्तरमा क्रियाशिल क्रिक्रेट संघ संस्था क्लब प्रशियाक र बिज्ञहरुको सहभागीतमा प्रतिस्पर्धा गराई खेलाडी छनोट गर्ने मनमोहन क्रिक्रेट सेन्टरका निरज आचार्यले जानकारी दिए । बैशाख १३ गतेबाट काठमाडौंमा संञ्चालन हुने उक्त प्रतियोगिताका लागि बैशाख ६ र  ७ गते प्रदेश-१ को विराटनगर, प्रदेश -२ को बीरगञ्ज, प्रदेश -३ को काठमाडौं, प्रदेश -४ को पोखरा, प्रदेश- ५ को भैरहवा, प्रदेश – ६ को सुर्खेत र प्रदेश- ७ को धनगढीमा खेलाडी  छनोट हुने आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रत्येक प्रदेशबाट १४ जना खेलाडी एक जना प्रशिक्षक र एक जना व्यवस्थापक छनौट गर्नु पर्ने रहेको छ । प्रतियोगीतामा प्रथम हुनेले नगद ५ लाख सहित खेल सामाग्री,मेडल तथा ट्रफी पाउनेछन् , त्यस्तै दोस्रो हुनेले खेल समाग्री सहित २ लाख ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै विभिन्न विद्याका उत्कृष्ट खेलाडहिरुलाई नगद तथा मेडल प्रदान गरिने भएको हो ।

प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई यातायात आवास, खेलमैदानको व्यबसथापन आयोजकले गर्ने भएको छ । २०७४ सालमा क्रिक्रेट प्रतियोगीतामा उत्कृष्ट खेल प्रदर्शन गरेका मध्येबाट एक महिला एक जना पुरुष खेलाडी र एक जना प्रशिक्षकलाई मनमोहन राष्ट्रिय क्रिकेट सम्मान २०७४ बाट सम्मान गरिने जनाएको छ ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank