विश्वकप छनोट हङकङविरुद्ध ५ विकेटले नेपाल विजयी

सोमवार, फाल्गुन २८, २०७४



काठमाडौ । आइसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङमाथि जित निकालेको छ। जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याएको नेपालले हङकङमाथि ५ विकेटले विजय हात पारेको हो।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।

यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।

यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २-२ ,सोमपाल कामी र ललित राजवंशीले १ -१ विकेट लिए ।

समान अ‌ंक भए पनि नेपाल रनरेटको आधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।अब नेपालले प्लेअपका लागि चैत्र १ गते पपुवा न्युगिनिसँग खेल्नेछ ।

233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank