कोसर फाइटर जेट उत्पादन गर्दै ईरान

शनिबार, कार्तिक १७, २०७५



तेहरान।  इरानी रक्षामन्त्री अमिर हतामीले शनिवार एक समारोहमा इरानले आफ्नो सुरक्षाको निम्ती आवश्यक संख्यामा कोसर फाइटर जेट बनाउने घोषणा गरे । मन्त्री हतामीको उक्त घोषणालाई इरानी टेलिभिजनले प्रमुखता साथ प्रशारण गरेको छ ।

ईरानको राष्ट्रपति हसन रूहानीको साथ गत अगष्टमा कोसर घरेलु फाइटर जेटको अनावरण गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रपति रुहानीले तेहरानको सैन्य शक्ति केवल दुश्मनलाई रोक्न र स्थायी शान्ती बनाउने उदेश्य सँग जोडिएको बताएका थिए । राज्य मिडियाले जनाए अनुसार नयाँ जेट अत्याधुनिक प्रबिधी बाट निर्माण गरिएको छ । आधुनिक राडार सहितको उक्त फाइटर जेट शतप्रतिशत स्वदेशी हुने जनाइएको छ ।

zet

गत अगष्टमा उदघाटन अवसरमा मन्त्री हतामीले भनेका थिए , सन १९८० को दशकमा ईरान -इराक बीच भएको आठ सालको युद्धमा हवाई हमलाको महत्व ईरानले साम्रो सँग बुझेको थियो । तात्कालिन समयमा आफुहरुले भोगेको फाइटर विमानको अभाबले आफ्नै जेट विमानको महत्व महशुस गरिएको थियो । फलस्वरुप स्वदेशी फाइटर विमान निर्माण गर्दै हाम्रो सिमित साधन र श्रोतले न्युनतम लागतमा सुरक्षा स्थापित गर्न बाध्य भएका हौं ।

बिगत र हालका बर्षहरुमा अमेरिकाले ईरानको क्षेत्रीय प्रतिदवन्दीहरुलाई सयौं लाख हतियार बेचिसकेको कारण ईरान चिन्तित थियो । अमेरिकी प्रतिबन्धको कारण ईरान आफ्नो सुरक्षाको निम्ती हतियार निर्माण कार्यक्रमलाई स्थगित गर्न बाध्य हुने अमेरिकी सोचलाई धक्का दिंदै स्वदेशी फाइटर विमान बनाउने कार्यक्रमलाई अगाडी बढाएको इरानी समाचार माध्यामले महत्वका साथ प्रशारण गरेका छन ।

रूहानीले भने , ईरानले आफ्नो कट्टरपन्थी बिरोधी संग संयम अप्नाउँदै अमेरिकी उक्साहटको बिरुद्धमा काम गर्ने छ । हुन सक्छ । कुनै वाक्यको साथ , कसैले लडाई शुरु गर्न सक्छ्न । कुनै सैन्य चालको साथ कुनै टकराव निम्त्याउन सक्छ्न । न्युनतम लागतको साथ देशको रक्षा गर्नु हाम्रो बाध्यता बनी सकेको छ ।

166 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank