कतार एयरवेजको विमानलाई पानी ट्याङकरले दियो ठक्कर

बिहिबार, कार्तिक १५, २०७५



कलकत्ता । भारतको कलकत्ता विमानस्थलमा एउटा पानी ट्याङकरले कतार एयरवेजको विमानलाई ठक्कर दिंदा विमानमा ठुलो नोक्सानी भएको छ ।  दोहा देखी कलकत्तासम्म उडान भरेको कतार एयरवेजको क्यु आर ५४१ विमान १०३ यात्रु लिएर ओर्लने क्रममा ट्याङकरले ठक्कर दिएको थियो ।

विमानमा ठुलो नोक्सानी हुन गए पनि यात्रुहरु भने सकुशल रहेको अधिकारीले जनाएका छन् । विमान मर्मतका लागि पठाइएको छ भने, घटनाको जाँच गर्न निर्देशनालयले आदेश दिएको छ । अघिल्लो महिनामात्रै ट्रिचीबाट दुवई जान उडेको विमानले विमानस्थलको पर्खाल भत्तकाउँदै तीन घण्टा उडान गरि मुम्बईमा आपतकालिन ल्याण्डिङ गरेको थियो ।

311 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank