एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

प्रधानमन्त्रीकै निर्देशनमा दल दर्ता भएको नेताहरूको दाबी

मङ्लबार, असार १६, २०७७



काठमाडौं । निर्वाचनमा आयोगमा एमाले दल दर्ताका लागि निवेदन परेको छ । झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा पुगेको पुष्टि भएकोछ ।

एमाले नामक दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेपछि नेकपा स्थायी कमिटी बैठकमा चर्चा भएको छ ।बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए । प्रधानमन्त्रीकै निर्देशनमा दल दर्ता भएको प्रमाण आफूसँग भएको दाबी गरेका छन ।

बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments